हाम्रो बारेमा
भाष्कर सन्तती अधिकारी परिवार
पाँचथर जिल्ला साविक रानीटार गाउँ विकास समिति वडा नं. २ तथा हाल फिदिम नगरपालिका वडा नं. ७ स्थायी थातथलो रहेको अधिकारी परिवार पुस्ता संख्या ४२ हुँदै ५१ का भाष्कर अधिकारीका सन्तान हाल पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौं तथा असम, सिक्किम, भुटान, अमेरिका लगायतको भुगोलमा बसोबास गर्ने सन्तान दरसन्तानको वंशविस्तारको खाका तयार पार्न तथा परिवारको पहिचानका लागि समर्पित एउटा प्रयास हो भाष्कर सन्तती अधिकारी परिवारको वंशावली।
